नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ चैत ।


कैलाली, जानकी गाउँपालिका-५ अमौरास्थित सडकमा सु.प.प्र.०१-००१ ज १५९८ नम्बरको हाइसको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ४४ वर्षीया हरू बडुवालको बुधबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका साइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले हाइस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

