सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, आज कति पुग्यो तोलाको ?

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार प्रतितोला रु एक लाख ७५ हजार चार सयमा कारोबार भएको सुन आज तोलामा रु पाँच हजार सात सयले बढेर रु एक लाख ८१ हजार एक सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि ५५ रुपैयाँ बढ्दै प्रतितोला रु एक हजार ९0० निर्धारण भएको छ । सोही परिमााण्को चाँदी बुधबार एक हजार ८३५ मूल्यमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ ।

सम्बन्धित समाचार