शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच छलफल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच बिहीबार छलफल भएको छ । हाल भइरहेको शिक्षक आन्दोलनका बारेमा उहाँहरुबीच छलफल भएको हो ।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बिहीबार प्रारम्भिक रुपमा शिक्षकसँग आन्दोलनका बारेमा छलफल गरिएको बताउनुभयो । “आजदेखि हामीले छलफल प्रारम्भ गरेका छौँ । उहाँहरुको चासो, सरोकारका बिषयमा छलफल भयो,” उहाँले भन्नुभयो, “छलफलबाट नै निष्कर्ष निकाल्ने सहमति भएको छ ।”

प्रवक्ता सापकोटाले छलफललाई निरन्तरता दिने सहमति भएको बताउनुभयो । छलफलमा शिक्षामन्त्री विद्या भट्टराई, शिक्षा सचिव डा दीपक काफ्ले, शिक्षक महासङ्घका सहअध्यक्ष नानुमाया पराजुलीलगायतको टोली सहभागी थियो । शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै यही चैत २० गतेदेखि काठमाडौँमा सडक प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा देशभरिका शिक्षकहरुको सहभागिता रहेको बताइएको छ ।

सम्बन्धित समाचार