नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।


अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । आज सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुग्दै कीर्तिमान बनाएको छ ।
बिहीबार प्रतितोला रु एक लाख ८१ हजार १०० मा कारोबार भएको सुन आज तोलामा रु तीन हजार नौ सयले बढेर रु एक लाख ८५ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदीको मोल प्रतितोला रु ५ ले बढ्दै एक हजार ९ ९५ निर्धारण भएको छ । सोही परिमााण्को चाँदी बिहीबार प्रतितोला रु एज हजार ९०० मा कारोबार भएको थियो ।

