नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ चैत ।
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । जुम्ला, चन्दननाथ नगरपालिका-५ कार्कीबाडा बस्ने ३९ वर्षीय गौरब खत्री आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै धादिङ, सिद्धलेक गाउँपालिका-७ अमल्टारस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।