नेपाल राष्ट्र बैंकका उप्रेती, सिग्देल र खरेलको विशिष्ट श्रेणीमा पदोन्नति

नेपाल राष्ट्र बैकले आफ्ना ३ जना अधिकृत (प्रथम) लाई विशिष्ट श्रेणीमा पदोन्नति गरेको छ ।

अधिकृत प्रथम श्रेणीबाट विशिष्ट श्रेणीमा पदोन्नति हुनेहरूमा चेतप्रसाद उप्रेती (गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग), रोशनकुमार सिग्देल (सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग) र डा.रामशरण खरेल (बैंक तथा वित्तीय संस्था नियमन विभाग) हुनुहुन्छ ।



उक्त कुरा नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागबाट आज प्रकाशित सूचनामा जनाइएको छ ।

सम्बन्धित समाचार