नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ चैत ।
पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेमा भएको घटनाले आफूलाई दुःख लागेको बताउनुभएको छ । आइतबार नयाँ वर्ष २०८२ को अवसरमा भिडियो सन्देश जारी गर्दै उहाँले उक्त घटनाप्रति दुःख लागेको बताउनुभएको हो ।
“केही दिनअघि भएको जनप्रदर्शनमा हिंसा, आगजनी भयो त्यसबाट मानवीय एवम् भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो ” सन्देशमा उहाँले भन्नुभएको छ । साथै पूर्वराजा ज्ञानेन्द्रले नागरिक स्वतन्त्रता भन्दा ठुलो अरु कुनै तन्त्र नहुने हँदै वास्तविक प्रजातन्त्र भएका ठाउँमा राम्रो नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुने समेत बताउनुभएको छ ।
उहाँले संसार धेरै अघि बढिसके पनि हामी यो वा त्यो वादको चक्रमा फसेको भन्दै नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ भन्नुभएको छ । हरेक समस्याको समाधान संवाद,समन्वय,सहमति र सहकार्यबाट अघि बढ्नुपर्ने बतायाए ।
“हाम्रा आह्वान हामी कसैको निजी स्वार्थ पूर्तिका निमित्त होइन कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन समग्र जनताको स्वाधीनता सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो” उहाँले भन्नुभएको छ ।
भिडियो –