नवकान्तिपुर संवाददाता
काठमाडौं, २ वैशाख ।
अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु एक हजार सात सयले घटेको हो ।
आइतबार प्रतितोला सुन रु एक लाख ८६ हजारमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ८४ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता आज चाँदीको मूल्य पनि आइतबारको मूल्य भन्दा १५ रुपैयाँ घट्दै एक हजार ९४५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रति तोला एक हजार ९६० रुपैयाँ रहेको थियो ।