नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ वैशाख ।


नेपालमा आज(आइतबार ) सुनको मूल्य स्थिर रहेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला रु १ लाख ८९ हजारआठ सय रुपैयाँ तोकिएकामा आज पनि सोहि मूल्यमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि शुक्रबारको मूल्य अनुसारनै कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

