सवारी दुर्घटनामा सात जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । ललितपुर, महालक्ष्मी नगरपालिका-७ लुभु चाँगाथलीस्थित सडकमा बागमती प्रदेश- ०१-००३ क ८७३० नम्बरको ट्याङ्करको ठक्करबाट सोही ठाउँ बस्ने राजन संज्यालको छोरा २ वर्षीय प्रजन संज्यालको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै कपिलवस्तु, बुद्धभूमी नगरपालिका-१ टिक्करस्थित सडकमा लु.४ त ७८४७ नम्बरको ट्याक्टर र लु.८ प २४६२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ टिक्कर बस्ने ६० वर्षीय गौतम केसीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राम बुटवल रूपन्देहीमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै ताप्लेजुङ, फक्ताङलुङ गाउँपालिका-६ चागास्थित सडकमा मे.१ त ७७५८ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका- ६ ईलाडाँडा बस्ने २८ वर्षीय भुछिरिङ शेर्पाको घटनास्थलमै मृत्यु भएको छ ।

हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । उता बैतडी, डिलासैनी गाउँपालिका-६ बाङ्गाबगरस्थित सडकमा गोकुलेश्वरबाट पन्ज्युनयातर्फ जाँदै गरेको सु.प.प्र.०४-००१ क ०००९ नम्बरको बसबाट खसेर बसमा सवार दोगडाकेदार गाउँपालिका-४ कपिन्ना बस्ने २७ वर्षीय बिष्णुराज भट्टको शनिबार साँझ मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता सुनसरी, इटहरी उपमहानगरपालिका-२० पानीपियास्थित सडकमा बागमती प्रदेश- ०१-०३० च ४६१८ नम्बरको कार अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा कारमा सवार सोही उपमहानगरपालिका-१ बस्ने ४० वर्षीय बिष्णु राउतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी बर्दिया, मधुवन नगरपालिका-३ स्थित सडकमा बा.८९ प ३८६९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ बस्ने २८ वर्षीय जानकु थरूको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गुलरीयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ स्थित सडकमा कर्णाली प्रदेश-०२-००१ ख ०९१५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री जुम्ला हिमा गाउँपालिका-३ बस्ने ५५ वर्षीय काली बहादुर बुढाको आइतबार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कर्णाली प्रादेशिक अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । . दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार