नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ वैशाख ।


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाही पक्राउ पर्नुभएको छ ।
आइतबार सिंहदबारभित्रै सांकेतिक प्रदर्शन गरेलगत्तै अध्यक्ष लिङ्देन लगायतका नेताहरु पक्राउ पर्नुभएको हो । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयबाट पर्चासहित प्रदर्शनमा उत्रेपछि उहाँहरुलाई पक्राउ गरिएको हो ।
उहाँहरु निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा पक्राउ पर्नुभएको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । राप्रपाले निषेधित क्षेत्र तोकिएको माइतीघर बिजुलीबजारमा प्रदर्शन गरेको थियो ।

