मृत अवस्थामा तीन जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट तीन जना फेला परेका छन् । दाङ, घोराही उपमहानगरपालिका-१७ गुलरियास्थित सिँचाइको लागि बनाएको ड्याममा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै मुगु, सोरु गाउँपालिका-१० तै गाउँ बस्ने ५० वर्षीय प्रभाकर जैसी सोही गाउँपालिका-१० स्थित गजुर खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-३ चपली घुम्ती स्थित झाडीमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार