नवकान्तिपुर संवाददाता
काठमाडौं, १० वैशाख ।


अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु सात हजार पाँच सयले घटेको हो ।
मंगलबार प्रतितोला सुन रु एक लाख ९७ हजार नौ सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ९० हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता आज चाँदीको मूल्य पनि मंगलबारको मूल्य भन्दा ५ रुपैयाँ घट्दै एक हजार ९६५ मा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रति तोला एक हजार ९७० रुपैयाँ रहेको थियो ।
