सुनको मूल्य बढ्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु दुई सयले बढेको हो ।

बुधबार प्रतितोला सुन रु एक लाख ९० हजार चार सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ९० हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता आज चाँदीको मूल्य पनि रु ४५ ले बढ्दै दुई हजार १० मा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रति तोला एक हजार ९६५ रुपैयाँ रहेको थियो ।

सम्बन्धित समाचार