सुनको मूल्य घट्यो, आज कति पुग्यो तोलाको ?

अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु एक हजारले घटेको हो ।

बिहीबार प्रतितोला सुन रु एक लाख ९० हजार छ सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज घटेर प्रतितोला रु एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यता आज चाँदीको मूल्य पनि रु १० ले बढ्दै दुई हजारमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रति तोला दुई हजार १० रुपैयाँ रहेको थियो ।

सम्बन्धित समाचार