नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ वैशाख ।


अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा रु एक सयले बढेको हो ।
शुक्रबार प्रतितोला सुन रु एक लाख ८९ हजार छ सयमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु एक लाख ८९ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता आज चाँदीको मूल्य भने शुक्रबारको मूल्य भन्दा १० रुपैयाँ घट्दै एक हजर ९९० मा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रति तोला दुई हजार रुपैयाँ रहेको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

