मृत अवस्थामा दुई जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । नवलपरास पश्चिम, सुनवल नगरपालिका-६ बिसासयस्थित सार्वजनिक पोखरीमा सोही नगरपालिका-६ पुलटोल बस्ने बिष्णु कुँवरको छोराहरू ८ वर्षीय दिप्सन कुँवर र १० वर्षीय बिसन कुँवर शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै बर्दिया, गुलरिया नगरपालिका-८ कोठियास्थित भादा नदीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३८ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार