नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ वैशाख ।


प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार छलफल भएको छ ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा सङ्क्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भएको हो । भेटमा प्रधानमन्त्रीका मानव अधिकारसम्बन्धी सल्लाहकार अग्नि खरेल र माओवादी केन्द्रका नेता वर्षमान पुन सहभागी हुनुहुन्थ्यो ।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै पुनले प्रक्रियालाई सकारात्मक रुपले अघि बढेको पाइएको बताउनुभयो । ‘यो प्रक्रियालाई सकारात्मक रुपले अघि बढेको पायौं । खासगरी यो कहाँ पुगेको छ भन्ने विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जानकारी दिनुभयो,’ पुनले भन्नुभयो ।

