३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ, केराबारी गाउँपालिका-९ भलुवा चोक बस्ने ४४ वर्षीय मोहन कुमार मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार