मृत अवस्थामा नौ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा नौ जना फेला परेका छन् । सल्यान, बनगाड कुपिण्डे नगरपालिका-२ स्याँलास्थित भेरी नदीमा सोही नगरपालिका-२ बामे बस्ने ७० वर्षीया देवी बुढा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यस्तै धादिङ, धुनिबेशी नगरपालिका-६ चालिसेस्थित शहिद बैकुण्ठ रेग्मी पार्कमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ तिनतले बस्ने ६६ वर्षीय गोपाल परियार सोही ठाउँस्थित चुरे जंगलको साफी खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

उता सुनसरी, इटहरी उपमहानगरपालिका-१५ एकम्बा बस्ने ८३ वर्षीया मुगा माया गुरूङ सोही ठाउँस्थित पोखरीमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । यता इलाम, सूर्योदय नगरपालिका-१४ चुम्बाङ बस्ने ४३ वर्षीय शान्तिराज अधिकारी सोही नगरपालिका-१४ भुटेनीस्थित जिम्नी थुम्काको फेदी जंगलको खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काभ्रे, पनौती नगरपालिका-९ सुनथान बस्ने ७५ वर्षीय पहले सैजु आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी चितवन, खैरहनी नगरपालिका-९ सिमलटाँडी चोक नजिकै रहेको कलभर्ट मुनि हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-८ स्थित पार्कमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सुर्खेत, भेरीगंगा नगरपालिका-१२ स्थित जंगलको खोल्सामा गुर्भाकोट नगरपालिका-५ बस्ने २६ वर्षीया प्रेमा वली आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार