नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ वैशाख ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । इलाम, इलाम नगरपालिका-९ गोलाखर्क बस्ने ५४ वर्षीया माया बराईली आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै कास्की, पोखरा महानगरपालिका-१४ स्थित छाप्रोभित्र हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सिराहा, कल्याणपुर नगरपालिका-३ स्थित सडक छेउमा सोही नगरपालिका-२ तरीटोल बस्ने ४५ वर्षीय राम उदगार मुखिया बुधबार मृत अवस्थामा फेला परेका छन् ।
उता रौतहट, माधवनारायण नगरपालिका-१ स्थित सडक पेटीमा राजपुर नगरपालिका-४ फतुवा बस्ने ४० वर्षीय रामराज महतो बुधबार मृत अवस्थामा फेला परेका छन् । यता कपिलवस्तु, महाराजगंज नगरपालिका-१० हर्दौनास्थित खेतमा सोही ठाउँ बस्ने ५५ वर्षीय बचन लोनिया बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-३ चित्रपुरस्थित खेलमैदानमा शुक्लाफाँटा नगरपालिका-१२ तिल्की बस्ने ६० वर्षीय घुम्मन राना बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

