नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ वैशाख ।


देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बाराको कोल्हवी नगरपालिका-८ नयाँबस्तीस्थित सडकमा ना.१९ प ७१०१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-८ ठोरियाही बस्ने ३७ वर्षीय अमित चौधरीको शुक्रबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको एस्पर्स हस्पिटल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र मोटरसाइकलमा सवार समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-१ निङगाले बागखोरस्थित सडकमा बा.प्र.०१-००६ ख ५९३४ नम्बरको बस र बा.७० प ८२३८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक दोलखा मेलुङ गाउँपालिका-३ बस्ने २३ वर्षीय सुरेश रसाईलीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सिन्धु सदाबहार अस्पताल खाडीचौरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

