३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देही, सिद्धार्थनगर नगरपालिका-४ बुद्ध कोलोनी बस्ने ५२ वर्षीय कुश कार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कुशले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार