नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ वैशाख ।


स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन हजार ७०० ले घटेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट भएकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो ।
आइतबार प्रतितोला एक लाख ९० हजार ५०० मा कारोबार भएको पहेँलो धातु आज एक लाख ८६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला १० ले घटेर एक हजार ९६० कायम भएको छ । आइतबार पनि सोही परिमाणको चाँदी एक हजार ९७० मा कारोबार भएको थियो ।

