

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका-१५ देउरालीस्थित पाथिभारा डाँडाको खोल्सामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै तेह्रथुमको छथर गाउँपालिका-३ वासिकास्थित तमोर नदीको बगरमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-६ पारिजात पार्कस्थित नारायणी नदीमा सोही नगरपालिका-८ विजयनगर बस्ने ५५ वर्षीय खेम देवकोटा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
उता धादिङ, सिद्धलेक गाउँपालिका-७ आदमटारस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी १४ वर्षीया बालिका बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

