२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङको ऐसेलुखर्क गाउँपालिका-४ जलेश्वरी बस्ने २२ वर्षीय आङनिमा शेर्पालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार