

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या भएको घटनमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-१ बस्ने रामेछाप सुनापति गाउँपालिका-४ घर भएका २९ वर्षीय प्रविण तामाङ, गोकर्णेश्वर नगरपालिका-२ बस्ने सर्लाही बागमती गाउँपालिका-३ घर भएका २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिषेक वाईवा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-६ घर भएका २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेपलान्चोक चौंरीदेउराली गाउँपालिका-७ घर भएका २८ वर्षीय अनुराग तामाङ रहेका
छन् ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

