

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-१ स्थित देवघाटको स्नानघाट नजिकै त्रिशुली नदीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुरको नयाँ तरकारी मण्डिमा फलफूल पसल संचालन गरी बस्ने भारत घर भएका ५० वर्षीय महेश साह आफ्नै पसल भित्र मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै तनहुँ, ऋषिङ गाउँपालिका-३ सोलुङस्थित कटोर्के सामुदायिक वनमा सोही गाउँपालिका-३ बस्ने ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका-२ बस्ने २६ वर्षीया खिमसरा मगर सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

