नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ जेठ ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई मान्छेले ‘बुद्धि नभएको डाक्टर’ भनेर चिन्ने गरेको बताउनु भएको छ ।
बुधबार रुकुम(पूर्व) पुग्नुभएका प्रचण्डले प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा बाबुराम भट्टराईसँग पार्टी एकताबारे सोधिएको प्रश्नमा बाबुरामलाई सबैले ‘बुद्धि नभएको डाक्टर’ भनेर चिन्ने बताउँदै एकता सम्भव नभएको बताउनुभएको हो । पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग केन्द्रित जागरण अभियान अन्तर्गत ‘प्रचण्ड’ नेतृत्वको अभियान टोलीले रूकुम पूर्व पुगेको हो ।
“उहाँ (बाबुराम) त खिइँदै खिइँदै खिइँदै अब त पूरै प्रतिक्रियावादीसँग गएर मिल्नु भएको छ । प्रतिक्रियावादीले नै पत्याउँदैन आजकल प्रचण्डले भन्नुभयो हाँसोको पात्र भएका छन् बाबुराम, कस्तो बुद्धि नभएको डाक्टर । सबभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले ।”
,
प्रचण्डले २०७९ को निर्वाचनमा आफू भट्टराईको निर्वाचन क्षेत्र–२ बाट चुनाव लड्ने बेलामै पार्टी एकता गर्ने प्रस्ताव गरेपनि भट्टराईले नमानेको बतउनुभयो । प्रचण्डले भन्नुभयो, “उहाँले पछि कम्युनिस्टको नाम सुन्न चाहनुहुन्न । कम्युनिस्ट पार्टी नाम राख्ने हो भने म त एकता गर्दिनँ भनेपछि अब हामी के मर्ने बाबुरामको लागि ? कम्युनिस्ट पार्टी नभन्ने, मार्क्सवाद नभन्ने रे । अनि त्यस्तोसँग के गरी एकता गर्ने ?”
त्यस्तै उहाँले बाबुरामसँग भएकाहरू माओवादी केन्द्रमा फर्किने दाबी गर्नुभएको । ‘एकता गर्नेजतिसँग त गर्ने भइयो नी गंगानारायण श्रेष्ठ लगायतका उहाँसँग भ्रममा परेर गएका सबै फर्किँदै हुनुहुन्छ पर्सी। यो एकता होइन त? बाबुरामलाई के गरी ल्याउने? दिमाग चाहिँ ठाउँमा हुनुपर्यो। र पो ल्याउन सकिन्छ,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

