

गोरखाको भिमसेनथापा गाउँपालिका-४ धावाचौतारा बस्ने ७० वर्षीय बलाराम बिकको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित बारीमा बाख्रा चराउने क्रममा हाइटेन्सन लाइनको पोलमा सपोर्ट राखिएको स्ट्याण्ड तारबाट करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

