सुनुवाइ नसकिएपछि रवि लामिछानेको मुद्दा ‘हेर्दाहेर्दै’ मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गर्नुभएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन बिहीबार सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

न्यायाधीशद्वय डा नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भएकामा नसकिएछि हेर्दाहेर्दैमा राखिएको हो । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको छ ।

गत मङ्गलबार संवैधानिक इजालसमा न्यायाधीश सुवेदी बस्नुपर्ने भएकाले उक्त इजलास बस्न सकेको थिएन । सहकारी ठगी प्रकरणमा भैरहवा कारागार रुपन्देहीमा पुर्पक्षका लागि थुनामा रहनुभएका लामिछानेका तर्फबाट दायर भएको उक्त बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ सुरु भएको होे ।

सम्बन्धित समाचार