आफ्नै बुहारीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बुहारी २६ वर्षीया पबित्रा बुढाथोकीको हत्या गरेको अभियोगमा रामेछाप, मन्थली नगरपालिका-१२ सिकराल बस्ने ६१ वर्षीय शम्भु बुढाथोकीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शम्भुले खुकुरी प्रहार गर्दा पबित्राको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार