नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ जेठ ।


रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१३ शान्तिनगर डेरा गरी बस्ने भारत उत्तर प्रदेश दराम उसका बजार घर भएका ३५ वर्षीय रामसेवक विश्वकर्माको करेन्ट लागेर आइतबार बेलुकी मृत्यु भएको छ ।
आफ्नै कोठामा सिलिङ पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

