नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ जेठ ।


अमेरिकाले आधिकारिक कागजात नभएका ४२ जना नेपालीलाई डिपोर्ट गरेको छ । ‘चार्टर्ड ’जहाजमार्फत उनीहरु आज दिउँसो ४ बजे नेपाल आइपुग्ने छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका एकजना अधिकृतले अनुसार नेपाली बोकेर अमेरिकी वायुसेवा कम्पनीको एक जहाज दिउँसो ४ बजे काठमाडौँ विमानस्थल आइपुग्ने जानकारी दिनुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता निआधिकारिक कागजात नभएका नेपाली घर फर्किरहेका छन् । यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट नौ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो । सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

