नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ जेठ ।


२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथर, फालेलुङ गाउँपालिका-७ पापुङदेन बस्ने ५३ वर्षीय रत्न कुमार आङवोलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रत्न कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

