जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं र सुर्खेतबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका-४ रानीपाटी डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-८ घर भएकी ३३ वर्षीया उषा थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा उषा समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ६ सय ३० रूपैयाँ र २७ बुक तास सहित पक्राउ गरेको हो । त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ पिपिरा चोक बस्ने ६६ वर्षीय झुपलाल गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा झुपलाल समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १० हजार ६ सय रूपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार