डुबेर दुई जनाको मृत्यु

प्युठान र झापामा डुबेर दुई जना मृत्यु भएको छ । प्युठानको प्युठान नगरपालिका-२ क्वाडी बस्ने पशुपति धामीकी छोरी १६ वर्षीया मनिशा धामीको सोही ठाउँस्थित झिमरूक खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।

खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै झापको अर्जुनधारा नगरपालिका-११ स्थित सिएम स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर सोही नगरपालिका-११ बसपार्क बस्ने काठमाडौं महानगरपालिका-१४ बाफल घर भएका ४० वर्षीय केशब पाठकको शनिबार राति मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार