सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सर्लाही र सुनसरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सर्लाही, लालबन्दी नगरपालिका-५ मेजरगंजस्थित सडकमा जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना.२ क ५०१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री कविलासी नगरपालिका-८ अगर्वा बस्ने २० वर्षीय सचिन साह (गुप्ता) को बुधबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार टिपर चालकको खोजी गरिरहेको छ ।

त्यस्तै सुनसरी, बर्जु गाउँपालिका-१ शुक्रबारेस्थित सडकमा विराटनगरबाट चिमडितर्फ आउँदै गरेको हाल नम्बर नखुलेको स्कारपियोको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने २५ वर्षीय दिपचन ठाकुरको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले हाल फरार स्कारपियो र चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्‍यक अनसुन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार