नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असार ।


मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा मोरङ, बेलवारी नगरपालिका-६ बस्ने ३७ वर्षीय किसन चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका-२ हिमालयन बैंक अगाडि सडक किनारमा पार्किङ गरी राखेको को.३९ प ४१५० नम्बरको मोटरसाइकल गत जेठ २८ गते चोरी भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कटहरी गाउँपालिका-१ स्थित उक्त मोटरसाइकल चलाउँदै गरेको अवस्थामा फेला पारी किसनलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत मोरङबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

