मृत अवस्थामा तीन जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । दार्चुला, शैल्यशिखर नगरपालिका-६ मिलमिल बस्ने ६५ वर्षीय चन्द्र सिंह रावत आफ्नै घर नजिकै शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै बर्दिया, मधुवन नगरपालिका-४ बादरभरिया बस्ने ५४ वर्षीय घोसु लाल थारू आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै मोरङ, पथरीशनिश्चरे नगरपालिका-३ कल्याण चोक बस्ने ५८ वर्षीया मनमाया चेम्जोङ सोही ठाउँस्थित आफ्नै खेतमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार