मृत अवस्थामा ११ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२४ मखन गल्‍लीस्‍थित पुरानो भत्‍किएको छाप्रोमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै गोरखा, भिमसेनथापा गाउँपालिका-४ धावा बस्ने ६६ वर्षीय धन बहादुर सार्की सोही गाउँपालिका-४ जोगीगाडे भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी गोरखा, गण्डकी गाउँपालिका-८ बर्खेघाटस्थित त्रिशुली नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ८ वर्षीय बालक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै सुनसरी, इटहरी उपमहानगरपालिका-१८ जोतपुर बस्ने २५ वर्षीय आता हुसेन सोही ठाउँस्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उता रूपन्देही, ओमसतिया गाउँपालिका-४ पर्सौनी बसन्तपुरस्थित सडक छेउको खेतमा जमेको पानीमा रोहिणी गाउँपालिका-३ बैकुण्ठपुर बस्ने सिद्धार्थनगर नगरपालिका-१० घर भएका ७० वर्षीय तेज बहादुर जिसी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रूपन्देही, ओमसतिया गाउँपालिका-३ करूवानीस्थित हाटबजार लाग्ने टिनको टहरामा सोही गाउँपालिका-१ ठुटिपिपल बस्ने ८५ वर्षीय रामलखन चाई मल्लाह शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यता सिराहा, अर्नमा गाउँपालिका-१ बुढियाचाप बस्ने ३५ वर्षीय अजय कुमार महरा सोही ठाउँस्थित आँपको रूखमुनि शनिबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी मोरङ, धनपालथान गाउँपालिका-५ बबिया बस्ने अक्षय सरदारकी छोरी ५ वर्षीया बच्ची आत्तिका सरदार सोही ठाउँस्थित विद्यालय नजिकैको बाटो छेउमा शनिबार मृतअवस्थामा फेला परेकी छिन् । त्यस्तै चितवन, कालिका नगरपालिका-८ भोर्लाघारी बस्ने ५७ वर्षीय बुद्ध राम चेपाङ सोही ठाउँस्थित बारीको डिलमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-१ बस्ने ३८ वर्षीय लोक बहादुर खत्री सोही नगरपालिका-२ स्थित चेतना जनजागृती सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् । उता बैतडी, पाटन नगरपालिका-६ चुच्चाई मोडको सल्लाघारीको वनमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार