नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असार ।


मुगुको जिमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा केन्द्रबिन्दु भएर ४ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का मुगु आसपासका जिल्लाहरूमा महसुस भएको छ ।

