मृत अवस्थामा सात जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-७ दक्षिणढोका डेरा गरी बस्ने धादिङ धुनीबेशी नगरपालिका-६ घर भएका ३५ वर्षीय रमेश आचार्य आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै ललितपुर, महालक्ष्मी नगरपालिका-२ उदयबस्तीस्थित पुरानो भत्किएको घरमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै प्युठान, झिमरूक गाउँपालिका-७ घामतारा बस्ने ६२ वर्षीया तेज कुमारी महतरा आफ्नै घर नजिकै सडक छेउमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

उता चितवन, भरतपुर महानगरपालिका-१८ बस्ने ७० वर्षीया चन्द्रदेवी पोख्रेल आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी कास्की, माछापुच्छ्रे गाउँपालिका-२ सार्दीखोलास्थित सेती नदीको किनारमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यता काठमाडौं, तारकेश्वर नगरपालिका-११ मनमैजु आनन्द टोलस्थित राप्ती फेन्सि होटलको २०२ नम्बरको कोठामा नुवाकोट लिखु गाउँपालिका-५ घर भएका ३५ वर्षीय सम्पुर्ण गौतम शनिबार मृत अवस्थमा फेला परेका छन् ।

त्यसैगरी सर्लाही, ब्रह्मपुरी गाउँपालिका-४ झिमपुलस्थित भारत सितामढी सोनबर्षा ग्राम पन्चायत-१ बस्ने ४५ वर्षीय भदही बैठा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार