नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असार ।


१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ, गढवा गाउँपालिका-५ बस्ने मोहम्मद साहिल खानलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मोहम्मदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भालुबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

