‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

सभाको मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सभाअध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव सभामा पेस गर्दा सर्वसम्मतिले पारित भएको हो ।

मंगलबारकै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दहालले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्नुभयो । यस विधेयकउपर २१ जना सांसदले एक सय २३ बुँदामा संशोधन प्रस्ताव दर्ता गर्नुभएको थियो ।

प्राप्त संशोधन प्रस्तावसहित विधेयकमाथि यहि असार ११ गते सैद्धान्तिक छलफल भएको थियो । विधेयकले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाई अन्तरराष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउन तथा महशुल सङ्कलनमा प्रभावकारिता वृद्धि गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचार