नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ असार ।


डोल्पा, ठुलिभेरी नगरपालिका-३ दुनैबजारस्थित बि एण्ड बि होटलमा जुवातास खेलिरहेको अवस्थामा रूकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका-८ घर भएका ३३ वर्षीय अञ्चल मल्ल समेत पाँच जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार २ सय ७५ रूपैयाँ र ६ गड्डी तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

