राष्ट्रपतिबाट क्रिकेट खेलाडीलाई बधाई ज्ञापन

राष्ट्रपति रामचन्द्र पौडेलले एसिसी यू–१६ इस्ट जोन कम क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले शनिबार सामाजिक सञ्जालमार्फत उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक र सम्बद्ध अधिकारीसहित सबैलाई बधाई दिनुभएको हो ।

मलेसियामा शनिबार भएको फाइलन खेलमा नेपाली टोलीले सिङ्गापुरलाई पराजित गर्दै उपाधि जितेको थियो ।

सम्बन्धित समाचार