नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असार ।


अछामको साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर हराएको छ दिन भइसक्दा समेत पत्ता लाग्न सकेको छैन् ।
यही असार १७ गते बिहान काठमाडौँ महानगरपालिका–२९ अनामनगर अनामनगरस्थित डेराबाट ‘मर्निङवाक’का लागि निस्किनु भएका कुँवरबारे अहिलेसम्म पत्ता नलागेको उहाँका भतिज देवबहादुर कुँवरले जानकारी दिनुभयो ।
देवबहादुरले भन्नुभयो, “काका हराउनु भएको आइतबार पाँच दिन भइसक्यो, हामीले जिल्ला प्रहरी परिसरमा पनि खोजतलासका लागि यही असार १८ गते निवदेन दर्ता गराएका छौँ । अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।”
कुँवर हराउनु भएको विषयमा खोजतलासका लागि प्रहरी परिसरमा उहाँका भतिजाले निवदेन दर्ता गराउनु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “ कुँवरको खोजी जारी छ, विभिन्न यनिटमार्फत प्रयास भइरहेका छ ।”

