२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

२१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर,पौवादुङमा गाउँपालिका-३ बस्ने २३ वर्षीय रोशन विक र २२ वर्षीय दिपेश राईलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमरा प्रहरी चौकी च्याङग्रेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार