नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।


देशका विभिन्न स्थानबाट मृत अवस्थामा नौ जना फेला परेका छन् । कैलाली, गोदावरी नगरपालिका-२ महरा कटानस्थित गोदावरी नदी किनारमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ५६ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यस्तै कैलाली, चुरे गाउँपालिका-४ बाटेगडा बस्ने ५० वर्षीय पूर्ण बहादुर लामिछाने सोही ठाउँस्थित खहरे खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१० घुम्ने भाकल खल्लाखेतस्थित कान्द्रा नदी किनारमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै बागलुङ, काठेखोला गाउँपालिका-५ तल्लो सिर्पालीस्थित बिउँपोखरा गोश्वारा सडकमा सोही ठाउँ बस्ने ५७ वर्षीय झम बहादुर रोका बुधबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी बाग्लुङ, बडिगाड गाउँपालिका-५ बादिप बस्ने ६१ वर्षीय प्रेम बहादुर बलाल आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
उता सिरहा, लहान नगरपालिका-१ राम पेट्रोल पम्पको कम्पाउण्डमा सोही नगरपालिका-१९ कटाहा बस्ने ६० वर्षीय बुदु सदाय बुधबार मृत अवस्थामा फेला परेका छन् । यता धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित सडक छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी गोरखा, चुमनुव्री गाउँपालिका-४ नामरूङस्थित भीरमा सोही गाउँपालिका-३ सिर्दिबास घर भएका ३५ वर्षीय थरपुन गुरूङ बुधबार मृत अवस्थामा फेला परेका छन् । यस्तै नवलपरासी पूर्व, कावासोती नगरपालिका-२ हाट बजार टोलस्थित दुर्गा मन्दिरको पेटिमा हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

